बुहारीलाई छोरी जसरी अन्माउन के ले प्रेरित गर्यो?
Published
पूर्व उपसभामुख तथा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले आफ्नो छोराको निधन भएको साढे तीन वर्षपछि एकल बुहारीको शनिवार विवाह गरिदिइन्।
दुई छोरा भएकी बुहारीलाई उनले छोरी जसरी अन्माएको विषयलाई धेरैले सकारात्मक भनी सामाजिक सञ्जालमा प्रशंसा गरेका छन्।
युवा अवस्थामै श्रीमान् बिते पनि अर्को विवाह गर्न वा गरिदिन धक मान्ने समाजमा यो विवाहलाई कतिपयले सकारात्मक सन्देश दिने भनी व्याख्या गरेका छन्।
यसै विषयमा हामीले सुवेदीसँग गरेको संक्षिप्त कुराकानी।